यता सुन साथी
हेर साथी यता सुन, भन्छु एक कुरा किन तिमी आफै माथि, चलाउँछौं छुरा जव जव किताब कपी, झिक्ने बेला हुन्छ
किन होला तिम्रो मन, अमिलो भइ रुन्छ ॥ शिक्षा नै हो ज्ञानको श्रोत, दुनियामा जे छ
विद्या भन्दा ठुलो धन, यो संसारमा के छ ? तिमी चढ्ने मोटरसाइकल, तिम्ले खाने दबाइ
पढे लेख्या विद्वानले बनाको हो भाइ ॥ न त गर्यो पढ्ने लेख्ने, न त सिक्यौ यस्तै चाला हो भने त, कसले दिन्छ माम तिम्रो घरको कम्प्युटर, तिम्रो वाइफाई पढे लेख्या विद्वानले बनाको हो भाइ ॥
बुबा आमा गुरुहरू, पढाउन खोज्ने तिमी भने पढ्न छोडी, गलत बाटो रोज्ने तिम्ले खेल्ने फ्री फायर अनि पब्जीलाई पढे लेख्या विद्वानले बनाको हो भाइ ॥
गुरुलाई सम्मान छैन, जान्न पर्ने जान्या छैन,
मोबाइलमा दिन बित्छ, पुस्तक हेर्ने हैन तिमीले हेर्ने फेसबुक, र टिकटककी सैनी
पढे लेख्या विद्वानले, बनाको हो बैनी ॥
न त आफ्नो बुध्दि फिर्छ, न भनेको मान्छौ
बिना सिप यो दुनियामा, के गरेर खान्छौ
नजानेका कुरा के छन्, सोध गुगललाई नपढे त भविष्यमा दुख हुन्छ भाइ ॥
श्रोत साधन जुटाउन गाह्रो थियो पहिले प्रबिधिको पहुँच हुँदा सजिलो छ अहिले सदुपयोग गरि हेर, सिप सिक्नलाई
नत्र दुख हुन्छ बैनी गाह्रो हुन्छ भाइ ॥
खेमराज शर्मा चापागाईं
कुश्मा ६ पर्वत
🙏🙏🙏🙏
ReplyDelete